काठमाडौं, १३ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद रामप्रकाश चौधरीले किसानलाई यो वर्षपनि मल तथा खाद्य अभाव र चरम महँगो परेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले मल मौजुदा हुँदा र वितरण गरिएको भनिएपनि किसानसम्म नपुगेका समाचार आएको उल्लेख गरे ।
उनले भारतबाट मल तथा खाद्य ल्याउँदा किसानलाई विभिन्न बहानामा नेपालकै सुरक्षाकर्मीहरुबाट अवरोध भएको सुनाउँदै किसानलाई त्यसरी टर्चन नगर्न पनि सुझाव दिएका छ्न । किसानलाई निर्वाध रुपमा मल, खाद्य ल्याउनको लागि व्यवस्था गर्नपनि उनको सुझाव छ ।