काठमाडौं, साउन १५ । सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिए।
उनले भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए। मन्त्री गुप्ताका अनुसार बैठकले विभिन्न पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने समेत निर्णय गरेको छ । बैठकले २२ जना सचिवको सरुवाको निर्णय गरेको उनले बताए ।
त्यसैगरी तीन वटा प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको उनको भनाई छ । उनका अनुसार वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो । वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको उनको भनाई छ ।
नयॉ राजदूतहरू को-कहाँ?
१. भारतमा शंकर शर्मा,
२.अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी,
३. बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे,
४. दक्षिण कोरियामा एमाले पूर्वउपसभामूख डा शिवमाया तुम्बाहाङ्फे,
५. मलेसियामा नेत्र तिमल्सिना,
६. चीनमा कृष्णप्रसाद ओली ,
७. जर्मनीमा शैल रूपाखेती,
८. पाकिस्तानमा रिता धिताल,
९. दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ,
१०. स्पेनमा सनिल नेपाल,
११. साउदी अरबमा नरेश विक्रम ढकाल,
१२. इजरायलमा धनप्रसाद पण्डित,
१३. पोर्चुगलमा प्रकाशमणि पौडेल,
१४. अस्ट्रेलियामा कान्ता रिजाल ।