Logo

पत्रकार फणि महतको उपचारका लागि आर्थिक सहयोगको अपिल



काठमाडौं, १६ साउन । पत्रकार फणि महतको उचारका लागि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् । ब्रेन ट्युमरबाट पीडित पत्रकार महतको उपचारका लागि आर्थिक समस्या भएपछि उनको परिवारले सहयोगको अपिल गरेको हो । काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार र शल्यक्रिया गराएका पत्रकार महतको समस्या पुनः बल्झिएको छ । उनको उपचारमा सहयोग गर्नका लागि ९८४५३८५७३२ मा फोन गर्नसमेत आग्रह गरिएको छ ।

साथै, आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पनि पत्रकार महतको उचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । अध्यक्ष साहले पत्रकार महतको उचारका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकार्षण गराएका छन् ।

‘ब्रेन ट्युमरजस्तो जटिल प्रकृतिको रोगबाट पीडित उहाँको उपचारमा गम्भीर आर्थिक संकट आईलागेको खबर उहाँकै धर्मपत्नीबाट सुन्दा नमिठो लागेको छ । काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई शल्यक्रियासमेत गरिनुभएका महतलाई यतिवेला पुनः सोही समस्या बल्झिएको छ । उहाँले केही समयअघि चिकित्सकको सुझावअनुसार भारतको नयाँ दिल्ली गएर पनि उपचार गराउनुभएको थियो । तर, गम्भीर आर्थिक अभावको कारण उपचारमा बाधा सिर्जना भएको छ। लामो समय पत्रकारितामार्फत आफ्नो व्यवसायिक धर्म निर्वाह गर्दै देश र जनताको हितको लागि निर्भिक रही सधैं सही र तथ्यपरक सूचना सम्प्रेषण गरेर महत्वपूर्ण योगदान दिनुभएको निष्ठावान पत्रकार महतको उपचारमा वर्तमान सरकारले विशेष पहल लिएर आर्थिक सहयोग प्रदान गरोस । नवनियुक्त सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङज्यूमार्फत महतजीको उपचारको लागि तत्काल सहयोग राशी घोषणा गर्न सरकारसमक्ष माग गर्दछु । साथै, सहयोगी मनलाई उहाँको उपचारमा सहयोग गरिदिनुहुन हृदयदेखि नै अपिल गर्दछु,’– उनले सामाजिक सञ्जालमार्फत अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्