Logo

१६ जिल्लाका २ हजार ५ सय २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने प्राज्ञिक विद्यार्थी परिषद्को घोषणा



काठमाडौं, १८ साउन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले कक्षा ११ र १२ मा अध्ययनरत २ हजार ५ सय २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी परिषद्ले विद्यार्थीहरूको आवश्यकतालाई महशुस गरी इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरसहित १६ वटा जिल्लाका शैक्षिक सामग्री वितरण गर्न लागिएको बताएको हो । यी जिल्लाका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने बताइएको छ ।

शैक्षिक सामग्रीअन्तर्गत कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश, झोला, क्यापलगायतका सामग्री रहेको परिषद्ले जनाएको छ । उक्त शैक्षिक सामाग्री परिषद्को आग्रहमा नेपालको शैक्षिक विकासका लागि भारतीय जनता र भारत सरकारको सहगोगबाट प्राप्त भएको बताइएको छ ।

परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले संगठनले विभिन्न समस्यामा काम गर्दै आएको बताए । देशको शैक्षिक उन्नयन र विपद्का बेलामा पनि आफूहरुले काम गरिरहेको सुनाए । ‘समाजलाई, देशलाई समस्या परेको बेला सदासर्वदा विद्यार्थी परिषद् आफ्नो क्षेत्रबाट सहयोगमा सदासर्वदा रहिराख्ने छ,’– उनले भने ।

विभिन्न जिल्लामा वितरण गरिने शैक्षिक सामाग्रीको कूल लागत ५१ लाख रहेको बताइएको छ । परिषद्को सेवा कार्यअन्तर्गत सो शैक्षिक सामग्रीय वितरण गरिने बताइएको छ ।

परिषद्का अनुसार शैक्षिक सामाग्री वितरण गरिने जिल्ला र विद्यालय छनोट भइसकेको छ । विद्यार्थी छनोट गर्ने जिम्मा भने सोही विद्यालयको प्राचार्यलाई दिइने छ ।



प्रतिक्रिया दिनुहोस्