काठमाडौं, साउन १९ । बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा अध्ययनरत सविन कटवालले राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को कक्षा १२ को परिक्षामा नेपाल टप गरेका छन् ।
हेराल्ड कलेजबाट २०८० सालको कक्षा १२ को एनइबीको परिक्षामा ११५० सहभागी विद्यार्थी मध्ये कटवालले ३.९६ जीपीए ल्याएर नेपाल टप गरेका हुन्। गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षाफल शुक्रबार प्रकाशन भएको हो ।
परिक्षामा देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाटचार लाख ४८ हजार ८३७ सहभागी थिए । परिक्षामा सहभागी विद्यार्थी मध्ये करिब ५१.९१ प्रतिशत मात्र उतीर्ण भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेड ल्याएका छन् । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।