Logo

कर्णालीका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं,२० साउन । कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजिबविक्रम शाह, उद्योग मन्त्रालयमा सुरेश अधिकारी, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी र ऊर्जा मन्त्रालयमा बिजया बुढाको नाम तोकेर शुक्रबार मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपाली कांग्रेसले गत शुक्रबार नाम पठाएको भएपनि उनीहरुको शपथ हुन सकिरहेको थिएन । प्रदेश प्रमुख यज्ञराज जोशीले आज (आइतबार) शपथ गरेका छन् । सत्ता समीकरण बदलिएसँगै माओवादी केन्द्रका मन्त्री फिर्ता भएको थियो । साउन ७ गतेदेखि यी मन्त्रालय खाली थियो ।

मुख्यमन्त्री यामलाल कँडेलले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । कांग्रेसको मागबमोजिम उनले त्यअघिनै मन्त्रीको शपथ गराउने वातावरण मिलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्