Logo

संसद्मा राप्रपा सांसद प्रधानले भने: राज्यले मलाई बन्दुक नवीकरण गर्न दिएन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुबबहादुर प्रधानले हतियार नवीकरण गर्न नदिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले विगत ३५ वर्षदेखि आफूसँग रहेको हतियार सरकारले नवीकरण गर्न नदिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘३५ वर्षदेखि मैले आफ्नै हतियार नवीकरण गरिरहेको अवस्था हो । अहिले प्वाइन्ट टु–टु बोर राइफल लेखिएको कारणले त्यो हतियार रिन्यु नगर्ने अवस्था आयो,’ सांसद प्रधानले भने, ‘यो समस्या मेरोमात्रै होइन, देशभरको हो । यो दुर्गा प्रसाईंको हतियार बरामद पछाडिको घटनाबाट सिर्जित कुरा हो वा के हो यसको जानकारी त मलाई छैन ।’

प्रधानले इजाजत प्राप्त हतियारको नवीकरण नगर्ने हो भने सरकारले ‘सिज’ गरेर हतियारधनीको लागेको खर्च व्यहोर्नु पर्ने पनि बताए ।

‘या त सरकारले राख्न नपाइने हो भने सिज गरेर लिए हुन्छ । त्यसको परल मूल्य फिर्ता गरिदिए हुन्छ,’ सांसद प्रधानले भने, ‘अन्यथा यसलाई सुव्यवस्था गर्नको लागि नवीकरणको प्रावधान लागु गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्