Logo

बंगलादेशको विकसित घट्नाबारे सार्कको अध्यक्षको नाताले नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ : प्रभु साह



काठमाडौं, २३ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बंगलादेशमा विकसित पछिल्लो घट्नाक्रमबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

आज (बुधबार) साहले बंगलादेशमा जारी आन्दोलनको कारण प्रधानमन्त्री शेख हसिनाले देश छोड्नुपरेको र ठूलो संख्यामा नागरिकको निधन भएको घट्नामा नेपाल सरकार अहिलेसम्म मौन बस्नु गलत भएको टिप्पणी गरेका छन् ।

नेपाल सार्कको अध्यक्ष राष्ट्र भएको नाताले पनि बंगलादेशबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् । उनले भने,‘नेपाल सार्क राष्ट्रको अध्यक्ष हो, बंगलादेश सार्ककै सदस्य राष्ट्र हो, त्यहाँ त्यत्रो घट्ना घटेको छ, ३ सयभन्दा बढि नागरिकले ज्यान गुमाएका छन्, हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले सरकारको तर्फबाट आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ ।’

भारतले बंगलादेशको घट्नाको बारेमा आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै नेपालले पनि आफ्नो धारणा सार्वजनिक गरेर सार्कको राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्नुपर्ने उनको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्