Logo

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा हवाई सुरक्षाबारे छलफल



काठमाडौं, २४ साउन । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बसेको छ । सिंहदरबारस्थित् समितिको कार्यकक्षमा बसेको बैठकमा नेपालको हवाई सुरक्षाको विषयमा छलफल भएको छ ।

छलफलमा पर्यटनमन्त्री बद्री पाण्डे र मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेपनि आमन्त्रित छन् । सो क्रममा मन्त्रालयमा सचिव पाण्डेले नेपालको उड्डयन क्षेत्र सुधारमा अव बन्ने विधेयकले समग्र पक्षलाई समेट्ने विश्वास व्यक्त गरेका छन् ।

सो क्रममा उनले मन्त्रालयमा विज्ञताको समेत समस्या भोग्नुपरेको दुःखेसो पोखे। हिजो (बुधबार) नुकाकोटमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा जरा खोज्न अन्तर्राष्ट्रिय विज्ञ राखेर कमिटी गठन गर्नुपर्ने धारणा राखे । तस्विर: मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्