Logo

कांग्रेस केन्द्रीय समिति बैंठकमा प्रदेश सभापतिहरुको असन्तुष्टिः प्रदेश सरकार बनाउने क्रममा केन्द्रले हस्तक्षेप गर्यो



काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले सरकार बनाउने क्रममा केन्द्रले हस्तक्षेप गरेको भन्दै केन्द्रिय समिति बैठकमा असन्तुष्टि व्यक्त गरेका छन् । आजको बैठकमा प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), ईन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ–आफ्नो धारणा राखेका थिए ।

सो क्रममा अधिकांश प्रदेश सभापतिहरुले प्रदेशको सरकार गठनका क्रममा केन्द्रले हस्तक्षेप गरेको गुनासो पोखे । केन्द्रीय सदस्यहरूमानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, डा.डीला संग्रौला, किरणराज शर्मा पौडेल, राजीव कोइराला, मानबहादुर नेपाली, राजेन्द्रकुमार केसी., गुरू बराल, कान्तिका सेजुवाल, भरतकुमार शाह, सीतादेवी देवकोटा र शारदा पौडेल र आमन्त्रित सदस्य नारायणी रायमाझीले आजको बैठकमा आफ्नो धारणा राखे ।

हिजोदेखि सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्