Logo

विभिन्न आन्दोलनबाट संस्थागत भएका मुद्दाहरु त्यसै उल्टिदैंनन् : सिके राउत



काठमाडौं, २५ साउन । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले विभिन्न आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धि र मुद्दाहरु त्यसै नउल्टिने बताएका छन् । उनले प्रतिगामी शक्तिहरु एक भयो भन्दैमा र उनीहरुले चाहँदैमा जनआन्दोलन, माओवादी जनक्रान्ति, मधेश आन्दोलन, थरुहट आन्दोलन, स्वराज आन्दोलन र किसान आन्दोलनबाट संस्थागत भएका मुद्दाहरु नउल्टिने बताएका हुन् । उनले कांग्रेस र एमालेले संविधान संशोधन गर्न खोजेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनको सचिवालयले फेशबुकमा लेखेको छ–

प्रतिगामी शक्तिहरू एक भयो भन्दैमा र उनीहरूले चाहँदैमा जनआन्दोलन, माओवादी जनक्रान्ति, मधेश आन्दोलन, थरूहट आन्दोलन, स्वराज आन्दोलन र किसान आन्दोलनबाट संस्थागत भएका मुद्दाहरू त्यसै उल्टिदैँनन्। मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारू सहितका सीमान्तकृत वर्गहरू त्यसै चुप लागेर बस्दैनन्। बरू यी शासकहरूको हविगत श्रीलंका र बंगलादेशमा भए जस्तै हुने निश्चित् छ। शासकीय बल प्रयोग गरेर जनतालाई दमन गर्न खोजेमा भाग्ने ठाउँ पनि पाउने छैनन्।



प्रतिक्रिया दिनुहोस्