Logo

‘लोकतान्त्रिक राजनीतिक प्रणाली र शासकीय स्वरुपको रोडम्याप’ को दस्तावेज सार्वजनिक



काठमाडौं, २५ साउन । राष्ट्रिय सार्वजनिक स्वतन्त्र वौद्धिक मञ्च नेपालले ‘लोकतान्त्रिक राजनीतिक प्रणाली र शासकीय स्वरुपको रोडम्याप’ को दस्तावेज सार्वजनिक गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमबीच रोडम्यापको दस्तावेज सार्वजनिक गरिएको हो ।

उक्त रोडम्यापका परिकल्पनाकार डा. कमलराज शर्मा हुन् । उनले व्यवस्था र अवस्था दुवै वदल्ने राज्य संरचनाको परिवर्तनका निमित्त लोकतान्त्रिक राजनीतिक र शासकीय प्रणालीको अन्तरवस्तु, चरित्र, सिद्धान्त, चुनौति, उद्देश्य र न्युनतम लक्ष्य, नीति, कार्यदिशा र रणनीतिक योजना सम्बन्धी दृष्टिकोण र धारणा सहित लोकतान्त्रिक अर्थराजनीतिक प्रणाली र शासकीय स्वरूपको सारसंक्षेपको रूपमा रोड म्याप तयार पारिएको बताए ।

प्रत्यक्ष लोकतन्त्र, चुस्त र क्रियाशील केन्द्र र स्थानीय तह, एकात्मक केन्द्र र विकेन्द्रित स्थानीय शासन, राष्ट्रपति र उपराष्ट्रपतिविहिनता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्यक्ष, प्रत्यक्ष निर्वाचित सभामुख, संविधान पुनःलेखनजस्ता महत्वपूर्ण कुराहरुलाई रोडम्यापमा समावेश गरेका छन् ।

रोडम्याप दस्तावेज सार्वजनिकीकरण कार्यक्रममा मानवशात्र विषयका प्राध्यापक दामोदर त्रिपाठी, प्रा.डा. प्रेमराज शर्मा, वरिष्ठ अधिवक्ता रवि खनाल, कलाकार तारा केसी, प्राध्यापक बब्लु ठाकुरलगायतको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्