Logo

न्याय परिषद् बैठकः रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस



काठमाडौं, २५ साउन । न्याय परिषद्ले रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ । आज (शुक्रबार) बसेको परिषद्को बैठकले न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाबाट जिल्ला न्यायाधीश सिफारिस गरेको हो ।

जसअन्तर्गत न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई सिफारिस गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्