काठमाडौं, २६ साउन । ब्राजिलको राजधानी पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । शुक्रबार भएको विमान दुर्घटनामा ५७ जना यात्र र चालक दलका ४ सदस्यसहित ६१ जनाको मृत्यु भएको हो ।
ब्राजिलको दक्षिणी सहर परानाको कास्काभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस जाँदैगरेको विमान भिन्हेडो सहरनजिकै दुर्घटना भएको हो ।
विमानमा सवार ६१ जनाकै मृत्यु भएको पुष्टि भइसकेको छ । ब्राजिलमा सन् २००७ पछिको यो ठूलो विमान दुर्घटना हो । त्यतिबेला साओ पाउलोमा टीएएम एक्सप्रेस विमान दुर्घटनामा १९९ जनाको मृत्यु भएको थियो।