Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौं, २६ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको हो । आजको बैठकमा सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्ने बताइएको छ ।

हिजोदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बंगलादेशको पछिल्लो घटनाक्रमका बारेमा आफ्नो धारणा राखेका थिए । उनले बंगलादेशको घटनाबाट शिक्षा लिएर लोकतन्त्र र व्यवस्थाप्रति प्रतिवद्ध भएर लाग्न उनले नेताहरुलाई आग्रह गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्