Logo

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने



काठमाडौं, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आगामी बुधबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आगामी बुधबार विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन् । उनी गत साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

शाह नेकपा (एमाले) कोे समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्