Logo

तरुण दलका अध्यक्ष गुरुङद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त



काठमाडौं, २८ साउन । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को शुभकामना व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना व्यक्त र्दै उनले जोस र जागरले भरिएको युवाहरु बाध्यतामा विदेश पलायन भइरहनु परेको विषयलाई उजागर गरेका छन् । उनले देश विकासका लागि सरकारले विदेश पलायन भएका युवाहरुलाई स्वदेश फर्काउने नीति अवलम्वन गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

‘अवसरमा सम्पुर्ण युवा तरुणहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जोस र जागरले भरिएका युवाहरु आज बाध्यतामा विदेश पलायन भइरहेका छन् । यो क्रम दिनानुदिन बढ्दो छ । विकासको संवाहक युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाएर राष्ट्र उत्थानमा लगाउनुपर्ने आजको आवस्यकता हो । सरकारले विदेशमा पलायन भएका युवाहरुलाइ स्वदेशफर्काउने नीति तत्काल अवलम्वन गर्नुपर्छ,’– उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्