काठमाडौं । पूर्व राज्यमन्त्री गीतादेवी माल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतक नियुक्त भएकी छन् ।
मंगलबार बसेको माओवादीको प्रदेश संसदीय दलको बैठकले माललाई प्रमुख सचेतक नियुक्त गरेको हो । उनी मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको अघिल्लो सरकारमा उर्जा राज्यमन्त्री बनेकी थिर्यन् ।
यसअघिका प्रमुख सचेतक मानबहादुर धामी खगराज भट्टलाई हटाउँदै दलकाे नेता बनेपछि माओवादीकाे प्रमुख सचेतक पद खाली थियाे ।
प्रमुख प्रतिपक्षी दल समेत रहेकाे माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेकाे जानकारी प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको छ ।