Logo

परराष्ट्र सचिव बन्दै अमृत राई



काठमाडौं, साउन ३२ । सरकारले परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राई सचिवमा बढुवा गर्ने तयारी गरेको छ। सरकारले परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेपछि राई परराष्ट्र सचिवको जिम्मेवारीमा बढुवा हुन लागेका हुन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले लम्साललाई राजदूतमा सिफारिस गरेको हो । यसअघि बेल्जियम खाली राखेर अरु देशमा राजदूत सिफारिस गरिएको थियो । संसदीय सुनुवाइपछि उनी राजदूत नियुक्त हुनेछिन् । लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् ।

उमेर हदका कारण उनी आगामी मंसिरमा अवकाश हुँदै थिइन् । त्यसअघि नै उनलाई राजदूत बनाएर पठाउन लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्