Logo

आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार?



काठमाडौं, भदौ २। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रुपैयाँ २८ पैसा र बिक्री दर १४७ रुपैयाँ ९४ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ९२ पैसा र बिक्री दर १७३ रुपैयाँ ६९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्