Logo

चर्चमाथि पहिरो खस्दा रोल्पामा एक जनाको मृत्यु, एक घाइते



काठमाडौं, भदौ २ । लगातार वर्षापछि आएको पहिरोले घर चर्च (मण्डली) भत्किँदा रोल्पाको लिबाङमा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोले लिबाङ स्थित मण्डली भत्किँदा आइतबार बिहान महिलाको मृत्यु भएको हो ।

आइतबार बिहान ४ बजेतिर रोल्पा नगरपालिका–२ मूल पानीमा रहेको बेथेल मण्डली भत्किँदा भित्र रहेका रोल्पा नगरपालिका–१० धाङसीकी ७० वर्षीया धनजिता बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । अत्यधिक वर्षापछिको पहिरोले निर्माणाधीन मण्डली भत्किँदा पुरिएर ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिए।

उक्त घटनामा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–३ मौलावन घर भई सोही मण्डलीमा बस्ने १८ वर्षीया नौभा घर्ती मगर घाइते भएका छन् । उनलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्‍याइएको छ । उक्त मण्डलीमा १० जना बस्दै आए पनि अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्