Logo

५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउने जय साहको घोषणा



काठमाडौं, ५ भदौ । लामो समयदेखि अमेरिकामा बस्दै आएका युवा व्यवसायी तथा नेपाललाई विश्व गुरू बनाउने अभियानमा जुटेका जय साहले आगामी ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन् । उनले आफूहरुले त्यसको लागि खोज तथा अनुसन्धान गरिसकेको दाबी गरेका छन् ।

पछिल्ला वर्ष नेपाल आवातजावत गरेका साहले काठमाडौं र जनकपुरमा हजारौं विद्यार्थीहरु र सयौं अर्थशास्त्रीहरुलाई एक ठाउँमा राखेर विभिन्न सेमिनारसमेत गरिसकेका छन् । उनले नेपालमा पूर्ण रुपमा निःशुल्क स्वास्थ्य व्यवस्था लागु गर्ने महत्वकांक्षी सोचसमेत राखेका छन् ।

निजी तथा सरकारी कुनैपनि अस्पतालमा एक रुपैयाँ नतिरी नागरिकले उपचार गर्ने व्यवस्था गर्नेगरि आफूहरुले रोडम्याप तयार पारेको साहको दाबी छ । यस्तै, नेपालमा दाईजो प्रथा पनि विकराल समस्या बनेको भन्दै आगामी पाँच वर्षभित्र दाईजो प्रथाको अन्त्य गर्ने (दाईजोमुक्त समाज) बनाउने साहको भनाई छ ।

साहले आफूहरुले सत्ययुग समाज पार्टी निर्माण गर्न लागेको र सो पार्टीले नेपाललाई समृद्धिको यात्रामा तिव्र गतिमा डोर्याउने विश्वास दिलाए । उनले आफूले परिकल्पना गरेअनुसार दुई वर्षभित्रै ५० लाख नयाँ रोजगारी सिर्जना गर्ने पनि महत्वकांक्षा सुनाए ।

उनले नेपाललाई समृद्ध बनाउन सक्नेगरि काम गर्ने अर्थशास्त्रीको रुपमा उमाशंकर प्रसाद रहेको भन्दै उनकै नेतृत्वमा नेपालले छिट्टै फड्को मार्ने दाबी गरे । उनले नेपाली जनता अहिलेको आर्थिक–राजनीतिक अवस्थाबाट आजित बनेको भन्दै छिट्टै बंगलादेशको जस्तो परिवर्तनको आन्दोलन हुनसक्नेतर्फ संकेत गरे । उनले उमाशंकरलाई बंगलादेशको मुहम्मद युनुससँग तुलना गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्