Logo

हामीले प्रतिफल देखिने गरी काम गर्नुपर्छ: खानेपानीमन्त्री यादव



काठमाडौँ, ९ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले हामीले गरेका कामको प्रतिफल देखिने गरी काम गर्नुपर्ने बताएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी सरसफाइ तालिम केन्द्र नगरकोटमा आयोजना गरेको आर्थिक वर्ष २०८१÷८२ को आयोजना कार्यान्वयन सम्बन्धी दुई दिने खरिद क्लिनिक कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

सोही कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले सम्माननीय प्रधानमन्त्रीको निर्देशन अक्षरस पालना गरी काम गर्नुपर्ने बताए । “यो सरकार प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नु भएको सरकार हो, अब हामीले प्रधानमन्त्री ज्युको निर्देशन अक्षरस पालना गरी हाम्रो कामको प्रतिफल देखिने गरी काम गर्नुपर्छ,”– उनले भने ।

यसैगरी मन्त्री यादवले विभागले आयोजना गरेको उक्त गोष्ठीबाट काम गर्ने सिलसिलामा थप ऊर्जा प्राप्त भएको र अब उक्त कुराहरु कार्य सम्पादनमा देखिने बताए । “विभागले आयोजना गरेको उक्त गोष्ठीमा विभिन्न विषयमा प्रशिक्षण, अनुभव आदानप्रदान भएको छ, यसले तपाईहरुको काम गर्ने शैली तथा क्षेत्रमा थप उर्जा थपिएको मैले विश्वास लिएको छु,”– उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बिगतमा खुल दिशामुक्त क्षेत्रको घोषणा गरिएको भएपनि अझै १०० प्रतिसत नपुगेकाले हामीले कामको प्रतिफल देखिने गरी काम गर्न जरुरी भएको बताए । जनताका विकासका काममा कुनैपनि ढिलासुस्ति नगर्न समेत मन्त्री यादवले आग्रह गरे ।

कार्यक्रममा देशभरी रहेका २० वटा अस्थायी खानेपानी तथा सरसफाई आयोजना कार्यलयहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङगठनलाई स्थायित्व दिन र लामो समयदेखि प्रक्रियामा रहेको कार्यलाई सम्पन्न गरी दिन माग गर्दै कर्मचारीद्धारा मन्त्री यादवलाई ज्ञापनपत्र पेश गरिएको थियो ।

उक्त ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले उक्त विषय सबैको समाया भएको र आफु उक्त विषयमा सिरियम भएको बताए । “यो सबैको समस्या हो, यस विषयमा म सिरियस छु । अर्थ मन्त्रालयको मौखिक प्रतिवद्धतामा सहमत हुन सकिदैन । लिखित चाहिन्छ । स्रोत सहमती बिना विगतमा गरिएका कामको भुक्तानी भएका । मन्त्रालयमा कर्मचारी, बिज्ञ सहित छलफल गरी यस विषयमा मन्त्रालयले आफ्नो स्टेटमेन्ट तयार पारेर स्रोत सहमतीमा निर्माण गछौँ,”– उनले भने ।

यसैगरी मन्त्री यादवले कार्तिक मसान्त पश्चात कार्यक्रम संशोधन भइ रकमान्तरको प्रक्रिया सुरु हुने बताउँदै जायज माग तथा वास्तविक आवश्यकता पुरा गरी मन्त्रालयको बजेट समेत बढ्ने एवं जनशक्ति पनि थप हुने विश्वास दिलाए । मन्त्री यादवले अधुरा आयोजना पूरा गर्ने काम गर्नु पर्ने निर्देनसमेत दिए ।

मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य स्रोत सहमति,अस्थायी, बेरुजू सम्परीक्षण,प्रक्रिया पालना, सार्वजनिक शौचालय, तराई क्षेत्रमा बसोबास गर्ने चमारर मुसहर बस्तीमा खानेपानीको जस्ता थुप्रै समस्या रहेकाले ती समस्याहरुलाई क्रमिकरुपमा सबै मिलेर समाधान गर्नु पर्ने धारणा राखे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख एवं महानिर्देशक रामकुमार श्रेष्ठले आर्थिक वर्षको सुरुवातमा आयोजना गरिएको उक्त दुई दिने उक्त कार्यशाला गोष्ठिबाट समस्यासहित समाधानका उपायहरु आएका एवं विज्ञको प्रस्तुतीकरणले थप मार्ग प्रशस्त गरेको बताए । “मन्त्री ज्यु तथा सचिव ज्युको मार्ग निर्देशनले हामीमा थप ऊर्जा र उत्प्रेरणा थपिएको छ । पहिचान भएका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालिन उपाय पहिचान भएका छन् । सरकार गठन भएको एक सय दिनका लक्ष निर्धारण भएका छन्, कामको नतिजा अवश्य दिने छौँ,”– उनले भने ।

उक्त गोष्ठिमा संघीय खानेपानी मन्त्रालय मातहतका देशभरीका कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्