काभ्रेपलाञ्चोक,२० असोज : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ५ नेपालीहरुको महान चाड दशैंको नवमीका दिन सोमवार चण्डेश्वरी मन्दिरमा दर्शनार्थी । तस्वीर : पेमा लामा रासस
काभ्रेपलाञ्चोक,२० असोज : नेपालीहरुको महान चाड दशैंको अवसरमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ५ चण्डेश्वरी मन्दिर परिसरमा सोमवार विहान पिङ खेल्दै । तस्वीर : पेमा लामा रासस
कञ्चनपुर, २० असोज : कञ्चनपुरको महेन्द्रनगर स्थित बस पार्कमा यातायातका साधन कुर्दै यात्रु । नेपालीहरुको महान चाड दशैंमा घरजाने यात्रुलाई सवारी साधन प्रयाप्त नहुँदा यात्रुहरु समस्यामा परेका छन । तस्वीर
दमौली, २० असोज : तनहुँको म्याग्दे गाउँपालिका–४ मा रहेको कान्छी बाराही मन्दिर र पृष्ठभूमिमा छाङ झर्ना । पछिल्लो समय उक्त ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको छ ।
गण्डकी प्रदेशका आन्तरिक तथा कानुनमन्त्री हरी चुमान शुक्रबार पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित मिना पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार स्मृता अधिकारीलाई प्रदान गर्दै । तस्वीर : जमुना वर्षा शर्मा
नेपालीहरूको महान चाडपर्व विजयादशमी तथा शुभ दीपावलीको अवसरमा कैलालीको गौरिगंगा नगरपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन आएका परम्परागत पोसाकमा सजिएका थारु किशोरी । तस्वीर प्रकाश मिश्र
बैतडीको सदरमुकामस्थित गढीमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिरमा दर्शनका लागी आएका भक्तजन । यहाँका विभिन्न मन्दिरमा दशैंका बेला भक्तजनको भीड लाग्ने गरेको छ । तस्वीर : विनोद सिंह
ब्लड क्यान्सर पीडित महाभारत गाउँपालिका १ नवाङ मोक्तानलाई उपचारको लागि संकलन गरेको रकमको चेक बुबा ज्ञानबहादुर मोक्तानलाई हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र अभियान सञ्चालन संयोजक विछोड जिम्बा ।
हिन्दुहरुको महान चाड दशैं नकिँदै जाँदा जाजरकोट नलगाड नगरपालिका ३ कालिमटीमा खाना पकाउने ग्यासका सिलिण्डरहरु पुगेका छन । कालिमटीका स्थानीयको घरमा दाउराबाट खाना पाक्थ्यो भने अब ग्यासबाट खाना पाक्ने भएको
दशैं शुरु भएसँगै जिल्लाको सदरमुकाम दमौलीमा विक्रीका लागि राखिएका खसीबोका । जिल्लाका ग्रामीण भेगका सर्वसाधारणले दशैं खर्च जुटाउन प्रत्येक वर्ष दमौलीमा खसीबोका विक्रीका लागि ल्याउने गरेका छन् । तस्वीर :’
बैतडीको सदरमुकामस्थित गढीमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिरमा दर्शन गर्दै भक्तजन । यहाँका विभिन्न मन्दिरमा दशैंका बेला भक्तजनको भीड लाग्ने गरेको छ । तस्वीर : विनोद सिंह
नेपालीहरुको महान चाडपर्व दशै तिहारलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट विक्री लागि बागलुङ बजारमा ल्याउँदे गरेको च्याङ्गा । तस्वीरःखेमराज गौतम