Logo
फोटो फिचर

आकस्मिक अवतरण गरिएको सिम्रिक एयर र मनाङ एयरको हेलिकोप्टर

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– ३ धोडखोलाको दिलमा मंगलबार बिहान करीब ८ बजे आकस्मिक अवतरण गरिएको सिम्रिक एयर र मनाङ एयरको हेलिकोप्टर ।   तस्वीर :रत्न

विस्तृत पढ्नुहोस
मौलिक पर्व बुढी पोल्ने ‘बुन्ढुनी’

द्वापर युगमा राक्षासी पुतना राजा कंशको आदेशले भगवान् कृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान् कृष्णले थाहा पाई उल्टै राक्षसी पुत्नाको रगत चुसी मारेर विजयी हासिल गरेको खुसीयालीमा

ज्यानमारा खुर्सानी

केआईसिंह गाउँपालिका– ५ रानागाउँका किसानले लगाएका ज्यानमारा भन्ने खुर्सानीका बिरुवा । गाउँपालिकाको आर्थिक सहयोगमा त्यहाँका किसानले अतिनै पिरो हुने ज्यानमारा खुर्सानीको खेती गर्दै आएका छन् । तस्वीर : विमलबहादुर विष्ट

बहुमूल्य जडिबुटी

पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिमावर्ती धार्मिक तथा पर्यटकीय क्षेत्र तिम्बु पोखरी आसपासमा पाइने बहुमूल्य जडिबुटी । यो स्थानमा दुईसय बढि जडिबुटी पाइने अध्ययनले देखाएको छ । तस्वीर :

पुनःनिर्माणको पर्खाइमा गोकुलेश्वर विमानस्थल

सशस्त्र द्वन्द्वकालदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको पर्खाइमा छ । दार्चुलाको गोकुलेश्वर विमानस्थल अहिले गौचरन बनेको छ । तस्वीर : नरेन्द्रसिह कार्की (रासस)  

देवकोटाको जीर्ण अवस्थामा रहेको घर

मैतीदेवीमा रहेको लक्ष्मीप्रसाद देवकोटाको जीर्ण अवस्थामा रहेको घर । जुन घरलाई भत्काएर अहिलेकै आकार र डिजाइनमा सरकारले सङ्ग्रहालय बनाउँदै छ । तस्वीर :अर्जुन भुसाल (रासस)

सेती नदीले पुल डुबायो

सोमबार रातिदेखि परेको निरन्तर वर्षाले डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेतीनदीमाथिको पुल । सेतीनदीले पुल डुबाएसँगै उक्त पुल जोखिममा परेको छ । तस्वीर : कृष्ण न्यौपाने(रासस)

बुबाको हत्यापछि विचल्लीमा परेका बालबालिका

म्याग्दीको मालिका गाउँपालिका– २ स्थित रुम खबाङका मोतिप्रसाद दर्जीको हत्या भएपछि विचल्लीमा परेका दर्जीका छोराछोरी सहयोगको आग्रह गर्दै । गत भदौ १९ गते राति मदिरा सेवन गरेका तीनजना युवाले घरमा

धान उत्पादनमा वृद्धि

जिल्लाको बागलुङ नगरपालिका ४ स्थित कुडुलेमा रहेको हरियाली धान खेतीको फाँट । समयमै वर्षा भएका कारण यो वर्ष धान उत्पादनमा वृद्धि हुने कृषकहरुले बताएका छन् । तस्वीरः खेमराज गौतम

बेमौसमी तरकारी खेती

म्याग्दीको बेनी नगरपालिका २ खबराका चन्द्रवहादुर कार्की साग टिपेर बजार लाने तयार गर्दै । कार्कीले बेमौसमी तरकारी लगाएर मनग्य आम्दानी गरेका छन । तस्वीर : धु्रबसागर शर्मा (रासस)

अनुगमन

तनहुँको व्यास नगरपालिका–१ र १४ जोड्ने छाब्दीमार्गमा गरिएको कालोपत्रेको अनुगमन गर्दै व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी नेतृत्वको टोली । कालोपत्रेका लागि नगरपालिकाले रु दुई करोड विनियोजन गरेको थियो । तस्वीर

नगरपालिकाले स्थापना गरेको विपद् सूचना केन्द्र

पनौती नगरपालिकाले स्थापना गरेको विपद् सूचना केन्द्र । सो केन्द्रमार्फत नगरभित्र कहाँ कस्तो खालको विपद् प¥यो, त्यसको सूचना सङ्कलन गर्ने र नागरिकलाई प्रदान गर्ने काम व्यवस्थित गरिंदै आएको छ ।