कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीका किसानका धान खेतमा उडने तयारीमा रहेको गाइनेकिरा ‘ड्रगन फ्लाई’ । गाइनेकिरा किसानको मित्र जीवका रुपमा लिईने गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गण्डकी प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डे जनयुद्धका शहीदद्वय बासु वाग्ले र भीमसेन पोखरेलको २० औँ स्मृति दिवसका अवसरमा सोमबार राष्ट्रिय युवा सङ्घ कास्कीले आयोजना गरेको रक्तदान
बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७६–०७६ मा सञ्चालित योजनाहरु मध्ये वडा नं ५ को तमु बस्तीमा ड्रेन निर्माणका लागि गठित समितिले राम्रो काम गरेको भन्दै उत्कृष्ट समिति सम्मान प्रदान गर्दै सांसद
नुवाकोटको विदुरमा सोमबार बिहान देखिएको इन्द्रधनुषको सुन्दर दृश्य । तस्वीरः नवदीप श्रेष्ठ(रासस)
साउन २५ गतेको अविरल बर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित चाखोलामा आएको बाढीले कटान गरेकोे सडक निर्माण गर्दै कामदार । तस्बिर : पेमा लामा(रासस)
तिलागुफा नगरपालिका–७ टाकुल्ला कालीकोटस्थित कर्णाली राजमार्गको सडक बाढीले अवरुद्ध भएपछि सडक सुचारुको आशामा कुरेर बसेका यात्रु । तस्बिरः शुरबहादुर सिंह(रासस)
बागलुङको काठेखाला गाउँपालिका–३ धम्जास्थित गण्डकी प्रदेश सरकार एवं हिमचुली कृषि सहकारीको रु २७ लाखको लागतमा निर्माण गरिएको आलु चिस्यान केन्द्र । चिस्यान केन्द्रमा २० टन आलु राख्न सकिन्छ । विद्युतबाट
गिटी कुटेर जीवन निर्वाह गर्दै आएकाहरुका छोराछारीले विद्यालय बिदा र बिहान बेलुकाको समयमा कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया नदीबाट ढुङ्गा सङकलन गरी ल्याएर गिटी कुट्न अभिभावकलाई सघाउँदै । तस्बिर :प्रकाश
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित काभ्रेभिरको खोच हुँदै बग्ने कालिगण्डकी नदीले बनाएको अनौठा आकृति । नदीले बनाएको रोचक र अनौठा आकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री (रासस)
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– ९ स्थित ५४ किलो नजिकै चाखोलाबाट बालुवा निकाल्दै स्थानीयवासी । तस्बिर :पेमा लामा
म्याग्दीको सदरमुकाम बेनी बजारस्थित इन्द्रणी टोलमा पूर्ण राम्जालीले घरको छतमा फलाएको अकवरे खुर्सानी । पछिल्लो समय इन्द्रणी टोलमा कौशीखेतीतर्फ आकर्षण बढेको छ । तस्वीर : धु्रवसागर शर्मा (रासस)
तनहुँको भानु नगरपालिका–१३ स्थित बाँसपानीमा पाहुनाको स्वागतका लागि बसेका स्थानीय महिला । गुरुङ समुदायको बाहुल्यता रहेको यस ठाउँका स्थानीयवासी घरबास सञ्चालनमा जुटेका छन् । तस्वीर : कृष्ण न्यौपाने