तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवीको मन्दिर भित्र रहेको देवीको मूर्ति र घण्ट देखाउँदै पुजारी टोपबहादुर सारु । यस मन्दिरमा देवी खुशी भएको बेला आफै घण्ट
दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझँगाउ विमानस्थल । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको विमानस्थल गौचरणमा परिणत भएको छ । तस्वीरः शेरबहादुर सिंह
रामेछापको सदरमुकाम तथा मन्थलीस्थित रामेछाप विमानस्थलको हवाईबाट खिचिएको रमणीय दृश्य । तस्बिरः प्रदीपराज वन्त
बागलुङ नगरपालिका–१० भकुण्डेस्थित गलुवाका ७५ वर्षीय बमबहादुर खत्रीले १५ रोपनी क्षेत्रफलमा पहिलो पटक व्यवसायिक रुपमा गर्नुभएको सूर्यमुखी फूलखेती । तस्वीरःखेमराज गौतम
सिंहदरबारस्थित बगैँचा परिसरमा सूर्यमुखी फूलमा बसेको मौरी । मौरी फूलमा बसेर आफ्नो सुडको सहायताले फूलको रस घारमा पु¥याउने काम गर्दछ । तस्बिर ः रोशन सापकोटा
बागलुङको गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा छाँगारोहण क्यानोनिङ गर्दै मीना श्रेष्ठ । तस्वीर ः रामबहादुर थापा
गत मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा दुर्घटना भई कर्णाली नदीमा खसेको जिपमा सवार यात्रुको बिहीबार खोजि गर्दै नेपाली सेनाको हेलिकप्टर । नदीको बहाव बढेपछि खोजि कार्यमा कठिनाई भएको छ
बेनी नगरपालिका–८ क्याम्पसचोकस्थित मनवीर किसानले लगाएको केरा खेतीमा एउटै घारीमा फलेको चार सय ८२ वटा कोसा भएको केराको घारी । तस्वीर कमल खत्री, म्याग्दी
पाल्पा रामपुर नगरपालिका–४ स्थित शान्तिदिप पार्कमा स्थानीय मगर समुदायद्वारा निर्माण गरिएको सहीद लखन थापाको सालिक । तस्वीर: सुशीला रेग्मी
महाकाली नगरपालिका ६ का स्थानीय व्यास गाउँपालिका १ नाम्पा हिमालतिर भारतीय बाटो हूँदै भेडा चराउन लादै । जङगलको अभाव भएपछि स्थानीयले भेडा कम पाल्न थालेका छन् । तस्वीरः नरेन्द्रसिह कार्की
वालिङ नगरपालिकाले स्थापना गरेको इनोभेशन सेन्टरमा रोवट बनाउदै विद्यार्थीहरु । सवारी साधनमा जडान गरिने सेन्सर सिप, ध्वनिका माध्यमबाट बाँदर धपाउन प्रयोग गरिने यन्त्रको निर्माण गर्दै । तस्वीर ः हिमलाल पराजुली,
म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीका धनवहादुर श्रीषको बोयर बाख्रा फार्ममा रहेको डेढ लाख रुपैयाँ मूल्यको बोको । श्रीषको फार्ममा अष्ट्रेलियन बोयर जातका ६० वटा बाख्रा रहेका छन् । तस्वीर: धु्रवसागर