गोकुल बास्कोटा भन्छन् - पृथ्वी जयन्तीमा बिदा दिए हुन्छ, पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र फर्किँदैन
फरकधार / २३ पुस, २०७९
facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button
फाइल तस्बिर

नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पुस २७ गते पृथ्वी जयन्ती बिदा दिन माग गरेका छन् । उनले राप्रपाले पृथ्वी जयन्ती बिदा दिन माग गरेको उल्लेख गर्दै सरकारले बिदा दिए हुने बताएका हुन् । 



बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र नफर्कने भन्दै बिदाको माग गरेका हुन् ।

‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ,’ उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘यहाँ उस्तै परे फेवररी १४(भ्यालेन्टाइन डे)मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ । उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होइन।’
 





  • प्रकाशित मिति : ४६ मिनेट अघि,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया



crwdcntrl