काठमाडौं, २४ चैत । नेपाली साहित्यको क्षेत्रको विकास राजधानी भन्दा पर पनि भैरहेको सत्य हो । कास्किको पोखरामा रहेर नेपाली साहित्यको सिरबृद्धिको लागि अनेक श्रष्टाले आफ्नो तवरबाट भूमिका खेलि रहेका छन्।
तमाम श्रष्टामध्यकी समाज सेवि कवि गजलकार एवम् प्रतिष्ठत व्यक्ति दुर्गा न्यौपाने पनि एक हुन ।
आजको सर्जक र सिर्जनामा उनका केही रचनाहरु :
मुक्तक
आफैं स्वयं भुलाउनलाई पिउने गर्छन् मान्छेहरु ।
फाटेको मन पटक पटक सिउने गर्छन् मान्छेहरु ।
सोच्छन् पैसाले सब थोक किन्न सकिन्छ यहाँ ।
धेरै चोटि मर्छन् र थोरै जिउने गर्छन् मान्छेहरु ।।
गजल
तिमी छैनौ र त अभावमा गजल लेखें
तिनै यादहरुका दवावमा गजल लेखें
कसैलाई बिर्सन मान्छे नशा पिऊँछ
मैले सम्झनाको लगावमा गजल लेखें
लाग्छ कहिले मन पोखिदिऊँ छरपष्ट
अनि सम्हालिदैं नकावमा गजल लेखें
जानेरै आफैंबाट नजान्ने जस्तो बन्दा
धेरै चोटि तनावै तनावमा गजल लेखें
कहिले आँसुमा फूलें कहिले हाँसोमै भुलें
यस्तै दुर्गाको निजी स्वभावमा गजल लेखें
मुक्तक
जिन्दगी उराठ लाग्छ कहिले काँही
सोह्र दुना आठ लाग्छ कहिले काँही
तिमी छैनौ अनि सधैं एकलै हुँदा
जीवन शून्यघाट लाग्छ कहिले काँही
गजल
खुशी दिई हँसाउन सक्छे महिला
ढुंगालाई रसाउन सक्छे महिला
भन्न त अबला भन्छन् मान्छेहरु
चाहि भने फँसाउन सक्छे महिला
कोक्रो मात्र हैन विश्वलाई हल्लाउँदै
उठेकालाई बसाउन सक्छे महिला
प्रकृति जस्तै सुन्दर बन्न जान्दछे ।
सुनकोशी भै मसाउन सक्छे महिला
निरीह र कमजोर छैन ऊ कदापि
आगो पनि बर्साउन सक्छे महिला
प्रतिक्रिया