काठमाडौं, चैत २७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लवहरु चेल्सी, टोटनह्याम हट्सपर, लिभरपुल र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।
शनिबार राती भएको खेलमा चेल्सीले बर्नमाउथलाई ३-१ ले हरायो । चेल्सीलाई विजयी गराउन एडिन हाजर्डा र मार्कस अलन्सोले एक एक गोल गर्दा बर्नमाउथका एडम स्मिथले एक आत्माघाति गोल गरेका थिए ।
इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले वाट्फोर्डलाई ४-० ले हराँउदा लिभरपुलले स्टोक सिटीलाई २-१ ले पराजित गर्यो ।
यसैगरी म्यान्चेस्टर सिटीले हल सिटीलाई ३-१ ले पराजित गर्यो । यसैगरी साउथह्याम्पटनले वेष्ट ब्रोमलाई तथा वेष्ट ह्याम युनाईटेडले स्वान्सी सिटीलाई १-० ले पराजित गरे ।
प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् । आज सण्डरल्याण्डले म्यान्चेस्टर युनाईटेडसँग खेल्दा एभर्टन र लेष्टर सिटी भिड्नेछन् । प्रिमियर लिगमा गएरातीका खेलहरुपछि ३१ खेलबाट ७५ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा ६८ अंकको साथ टोटनह्याम हट्सपर दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया