काठमाडौं, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिंसा मैत्री र करुणालाई ध्यान दिएर समाज विकासमा लाग्नुपर्ने बताएकी छन् ।
जैन धर्म गुरुको २६१६ औं जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मानव समाजलाई सत्मार्गमा हिंडाउनु पछिल्ला दिनमा चुनौती बन्दै गएको बताइन् ।
उनले मानवलाई सत्मार्गमा हिंडाउँदै सद्चरित्रवान बनाउने यस्ता महान बिचारकहरुका बिचारलाई अबका पुस्तासम्म पु¥याउन आवश्यक छ भनिन् । धर्मगुरुको जन्मोत्सवकै अवसरमा बिहान प्रभातफेरी पनि गरिएको थियो ।