आईजीपीमा डिआईजी अर्यालको नाम अघि सारियो
काठमाडौं, २८ चैत । लामो समयपछि आज मन्त्रिपरिषद बैठक सुरु भएको छ । उपप्रधामन्त्रीद्धय विमलेन्द्र निधि र कमल थापावीचको वरियताक्रममा विवाद देखिएपछि मन्त्रिपरिषद बैठक सकेको थिएन् ।
झण्डै एक महिनापछि बसेको मन्त्रिपरिषदको बैठकमा आज नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्ती हुने संभावना बलियो छ । प्रधानमन्त्री दाहालले नयाँ आईजीपीमा डिआईजी प्रकाश अर्यालको नाम अघि सारेको सूत्ररुहले दाबी गरेका छन् ।