Logo

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ : पौडेल



डुम्रे (तनहुँ), २ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले मधेसवादी दलहरुसँग अन्तिम समयसम्म छलफल जारी राख्नुपर्नेमा जोड दिनुभयो ।

“स्थानीय तहको निर्वाचन सम्पन्न भए प्रजातान्त्रिक समाजवाद मजबुत हुन्छ, संविधान कार्यान्वयनमा समेत बल पुग्छ,” उहाँले भन्नुभयो । स्थानीय तहको निर्वाचनले अल्पसङ्ख्यकलगायत सबै जातजातिको हकअधिकार सुनिश्चित गर्ने पौडेलको भनाइ थियो ।

दुरा समाजका राष्ट्रिय अध्यक्ष गोकुलप्रसाद दुराको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वमन्त्री शिवलाल थापा, सांसद यज्ञबहादुर थापा, पूर्वसांसद सावित्री दुरा, समाजका केन्द्रीय सचिव दलबहादुर दुरालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्