Logo

निर्वाचन आयोगविरुद्ध यसरी आन्दोलनमा उत्रियो राप्रपा (फोटोफिर)



काठमाडौं, ५ बैशाख । सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाउने निर्णय नसच्याएको भन्दै आन्दोलन सुरु गरेको छ ।

मंगलबार काठमाडौंस्थित् रत्नपार्क शान्तिबाटिकामा राप्रपाका नेता तथा कार्यकर्ताहरुले आयोगको निर्णयको प्रतिलिपि जलाएका थिए । उनीहरुले आयोगको विरुद्धमा कडा नाराबाजी समेत गरेका थिए ।

उनीहरुले आयोगले उक्त निर्णय नसच्याए सरकारलाई दिएको समर्थन फिर्ता लिएर कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । आयोगको निर्णय नसच्चिए सरकारबाट बाहिरिएर चुनावमा भाग नलिनेसम्म अवस्था आउने राप्रपाका नेताहरूले धम्की दिएका छन् ।

यसैबीच पार्टीको चुनावी अभियानमा पश्चिम नेपालमा रहेका राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले ट्वीट गर्दै भनेका छन्( ‘विधानबाट पार्टीको आदर्श र मुल सिद्धान्तलाई हटाउने निर्णयवारे निर्वाचन आयोगले पुनर्विचार नगर्ने हो भने राप्रपा कठोर निर्णय गर्न बाध्य हुनेछ ।’

बिधानबाट पार्टीको आदर्श र मुल सिद्धान्तलाई हटाउने निर्णयवारे निर्वाचन आयोगले पुनर्विचार नगर्ने हो भने राप्रपा कठोर निर्णय गर्न बाध्य हुनेछ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot