मोदीले भने,‘नेपालको हितको लागि भारत सहयोग गर्न तयार छ’
काठमाडौं, ५ बैशाख। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सधैँ नेपालको हितमा रहेको बताएका छन् ।
मंगलबार राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले भारतले सँधै नेपालको हित चाहेको उल्लेख गर्दै नेपालको हितका लागि सहयोग गर्न तयार रहेको बताएका थिए । त्यस्तै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप सुदृढ गर्नुपर्नेमा दुवै पक्षले जोड दिएको मन्त्री महतले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचन हुँदै यो बर्ष्भित्र तीनवटा निर्वाचन गराउने र संविधानको व्यवस्था कार्यान्वयन गर्ने नेपालको प्राथमिकता सुनाएपछि मोदीले यस्तो जबाफ दिएका हुन् ।
पाँच दिने राजकीय भ्रमणका क्रममा भारत आएकी राष्ट्रपति भण्डारीलाई मोदीले भारतीय समय अनुसार आज दिउँसो साँढे ४ बजे भेटेका हुन ।
प्रतिक्रिया