Logo

मन्त्री खड्काको सक्रियताले ताल खुल्यो, मानव बस्ति जोगियो



काठमाडौं ९ बैशाख । खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काको सक्रियताले संखुवासभाको हटियास्थित स्याक्सिला गोलामा थुनिएको अरुण नदीबाट हुनसक्ने क्षति रोकिएको छ । नदी अहिले पूर्ववत अवस्थामा आएको छ ।

बरुण नदी मिसिएको स्थानमा ढुंगा र लेदो मिसिएपछि कृतिम ताल बनेको थियो । त्यो फुटेर हुन सक्ने मानवीय क्षति रोक्न मन्त्री खड्का आफै घटनास्थल पुगेर सक्रिय भएका छन् । उनी शुक्रबारदेखि स्थलगत रुपमा नदी खुलाउन लागि परेका छन् ।

गृहमन्त्री विमलेन्द्र निधि, नेपाली सेनासँग निरन्तर सम्पर्कमा रहो मन्त्री खड्काले बताएका छन् । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ पनि घटनास्थलमा स्थलमा रहेका छन् । गृहमन्त्री विमलेन्द्र निधिले कुनैपनि मानवीय क्षेत्री नहुनेगरि काम गर्न निर्देशन दिएका छन् ।

तालबाट अधिकांस पानी बाहिरी निसकेकाले जोखिमको अवस्था टरेको उनले टेलिफोनमा जानकारी दिए । तालको तल्लो भाग खुलेपछि हालसम्म ६० प्रतिशत पानी बाहिरिएको उनले जानकारी दिए ।

अब नआत्तिन नागरिकहरुलाई उनले घटनास्थलबाट नै अपिल गरेका छन् । घटनास्थलमा गृह मन्त्रालयका विपत व्यवस्थापन विभागका कृष्णबहादुर राउत तथा भुगर्भविद् सहितको टोलीलाई मन्त्री खड्काले लिएर गएका छन् ।

नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी लगायतले थुनिएको नदी खुलाउन खटिएको प्रशासनले जनाएको छ । घटनामा १० घरमा पानी पसेर सामान्य क्षति पुगेपछि रेडक्रस र प्रशासनले राहत वितरण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्