Logo

प्रधानमन्त्रीलाई भेटदै मधेसी मोर्चाका नेताहरु



काठमाडौं १४ बैशाख । सरकारले सहमति विपरित निर्णय गरेको भन्दै राजपा नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दवाव दिने भएका छन् । प्रमुख प्रतिपक्षबचि सहमति भएपछि राष्ट्रिय जनता पार्टी नेपालले नयाँ रणनीति बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेरपछि बैठक गरेर आन्दोलनको रणनीति तय हुनेछ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने र त्यसपछि विजुली बजारमा बेठक बसेर रणनीति बनाउने मोर्चाको तयारी छ ।

सहमति विपरित निर्णय लिएको भन्दै घेराउ शेलीमा प्रधानमन्त्रीसँग भेट हुने एक नेताले बताए । स्थानीय तहको संख्या वृद्धि र सीमांकन हेरफेरको सिफारिसका लागि ११ जिल्लामा गरेको परिपत्र सरकारले फिर्ता लिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को अवरोध खुला गरेको छ । तर लगत्तै मधेसी मोर्चासहितको राजपा नेपाल आन्दोलनमा जाने तयारी लागेको छ । सरकार र प्रतिपक्षी एमालेबीच भएको सहमतिप्रति भने मधेसी मोर्चाले आपत्ति जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्