Logo

सत्ताधारी दलहरुबाट हुनसक्ने अनुचित दबाब र प्रभावबाट मुक्त रहँदै भोट हाल्न ओलीको अपिल



काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी दलहरुबाट हुनसक्ने अनुचित दबाब र प्रभावबाट मुक्त रहँदै भोट हाल्न अपिल गरेका छन् ।

शनिबार केन्द्रिय कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सबैभन्दा नजिकको सरकार आफै छान्ने यस निर्वाचनमा उत्साहपूर्णढङ्गले सहभागी हुन र आफूले रुचाएका उम्मेदवारहरुको पक्षमा मतदान गर्न मतदाताहरुलाई आह्वान गरे ।

ओलीले सरकार र सत्ताधारी दलहरुबाट हुनसक्ने अनुचित दबाब र प्रभावबाट मुक्त रहँदै संविधान र कानुनले निर्धारण गरेको कर्तव्य निष्पक्षतापूर्वक सम्पन्न गर्न सबै राष्ट्रसेवकहरू, सुरक्षा अङ्गहरु र राज्यका सबै निकायहरुसँग आग्रह पनि गरे । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा अध्यक्ष ओलीले बलियो स्थानीय सरकार नेपाली जनताको चीरप्रतिक्षित चाहना भएको उल्लेख गरेका छन् ।

ओलीद्धारा जारी गरिएको विज्ञप्तीको पूर्णपाठ : 

भोलि २०७४ साल बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको पहिलो चरणको निर्वाचनको पूर्वसन्ध्यामा हामी सबै न्यायप्रेमी दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गर्दछौं ।

बलियो स्थानीय सरकार नेपाली जनताको चीरप्रतिक्षित चाहना हो । यसै चाहनामाथि आधारित भएर नेपालको संविधानमा अधिकारसम्पन्न स्थानीय तहहरु सहित सङ्घीय ढाँचाको व्यवस्था गरिएको छ । जनताको घर–आँगनसम्म अधिकार पुग्न नदिने अनेकौं प्रयाशलाई विफल पार्दै सुनिश्चित गरिएको यस व्यवस्थाअनुरुप हामी स्थानीय तहको निर्वाचनमा सहभागी हुन जुटेका छौं ।

यस निर्वाचनले संविधानको कार्यान्वयन र नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई आधारभूत तहसम्म पु¥याउने महत्वपूर्ण कडीको भूमिका खेल्नेछ । निर्वाचनपश्चात जनताको स्वशासन सुरुवात हुनेछ र लामो समयदेखि अवरुद्ध विकास निर्माणका काम तथा जनताको सेवा–सुविधाको पहुँचमा नयाँ गति प्राप्त हुनेछ । स्थानीय तहहरुमा महिला, दलितलगायत पछाडि परेका÷पारिएका समुदायको प्रतिनिधित्व व्यापक रुपमा बृद्धि हुनेछ । त्यसैले आफ्नो सबैभन्दा नजिकको सरकार आफै छान्ने यस निर्वाचनमा उत्साहपूर्णढङ्गले सहभागी हुन र आफूले रुचाएका उम्मेदवारहरुको पक्षमा मतदान गर्न हामी सबै मतदाताहरुमा अनुरोध गर्दछौं ।

निर्वाचनलाई निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा सम्पन्न गराउनु र प्रत्येक मतदाताको मताधिकार र मतको सुरक्षाको प्रत्याभूति गर्नु निर्वाचन आयोग र सरकारको दायित्व हो । नेकपा ९एमाले० ले यस सम्बन्धमा सम्बन्धित निकायहरुको गंभीर ध्यानाकर्षण गर्दै आएको छ ।

तर निर्वाचनका सर्वमान्य सिद्धान्त र आचारसंहिता विपरीत सरकार र सत्ताधारी दलहरुका तर्फबाट निर्वाचनलाई प्रभावित गर्न राज्यकोषबाट जथाभावी रकमान्तर गर्ने, पदीय हैसियत र सरकारी साधनस्रोतको दुरुपयोग गर्ने कामहरु रोकिएका छैनन् । पछिल्ला दिनहरुमा नेकपा ९एमाले० का नेता कार्यकर्तालाई लक्षित गरेर स्याङ्जा, नवलपुर, भोजपुर, गोरखा, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप लगायत ठाउँमा हिंसा र आक्रमणका घटनाहरु तीव्र पारिएका छन् ।

दोलखामा हाम्रो पार्टीका कार्यकर्ता कुलबहादुर तामाङको नृशंस हत्या गरिएको छ । बारम्बारको ध्यानाकर्षणका बाबजुद यी कामहरु नरोकिनुले हाम्रो पार्टीलाई गंभीर र चिन्तित तुल्याएको छ । यस्ता कामहरु तत्काल रोक्न प्रभावकारी कदमका लागि निर्वाचन आयोग र सरकारको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं ।
सरकार र सत्ताधारी दलहरुबाट हुनसक्ने अनुचित दबाब र प्रभावबाट मुक्त रहँदै संविधान र कानुनले निर्धारण गरेको कर्तव्य निष्पक्षतापूर्वक सम्पन्न गर्न सबै राष्ट्रसेवकहरू, सुरक्षा अङ्गहरु र राज्यका सबै निकायहरुसँग आग्रह गर्दछौं ।

स्थानीय तहको निर्वाचनका सम्बन्धमा निरन्तर चासो राख्ने अन्तर्रा्ष्ट्रिय समुदायप्रति धन्यवाद ज्ञापन गर्दै स्थानीय तहसम्म लोकतन्त्र विस्तार गर्ने नेपालको यस प्रयाशमा निरन्तर साथ सहयोग रहने अपेक्षासमेत गर्दछौं ।

लोकतन्त्रमा आफ्ना मान्यताहरुको वैधता परीक्षण गर्ने र तिनमा जनताको अनुमोदन प्राप्त गर्ने उपयुक्त विधि निर्वाचन नै हो । त्यसैले विभिन्न असहमति राखेर निर्वाचन प्रक्रियाभन्दा बाहिर रहेका दलहरुलाई पनि दोस्रो चरणको निर्वाचनमा उत्साहसाथ सहभागी हुन अनुरोध गर्दछौं ।

शान्तिपूर्ण र वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्ने भन्ने जनताको बहुदलीय जनवादको सैद्धान्तिक मार्गदर्शनलाई आत्मसात् गरेको नेकपा९एमाले० जनताको जनादेशको उच्च सम्मान गर्दछ । यही प्रक्रियाको निरन्तरताबाट राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्यायको प्रत्याभूति गर्दै सुखी नेपालीः समृद्ध नेपालको घोषित लक्षमा पुग्न सकिन्छ हाम्रो दृढ विश्वासलाई दोहो–याउन चाहन्छौं ।

भर्खरै हत्या–हिंसाको पीडादायी कालखण्डबाट गुज्रेको नेपालमा फेरि हिंसात्मक गतिविधि किमार्थ स्वीकार्य हुन सक्दैन । तसर्थ त्यस्तो गतिविधिबाट पृथक रहन सम्बन्धित पक्षको गंभीर ध्यानाकर्षण गर्दै प्रभावकारी सुरक्षा व्यवस्थाको लागि सरकारसँग माग गर्दछौं ।

मतदान गर्नु नागरिकहरुको अधिकार मात्र होइन, कर्तव्यको पनि बिषय हो । तपाईँको अमूल्य मतले सही जनप्रतिनिधि चयनमा निर्णायक भूमिका खेल्छ र राज्यका निकायहरुलाई जनताप्रति उत्तरदायी हुन मद्दत गर्छ । त्यसैले, आस र त्रासबाट मुक्त रहेर आफ्ना मनका प्रनिनिधिहरुलाई मतदान गर्न पुनः आह्वान गर्दछौं । स्वस्थ एवम् मर्या्दित प्रतिस्पर्धाको लागि सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छौं ।

केपी शर्मा ओली
अध्यक्ष



प्रतिक्रिया दिनुहोस्