Logo

घिरौलेको जन्मदिनमा जिग्रीको घिरौला उपहार



धुर्मुस भन्छन् : मेरो प्यारो भाई

काठमाडौं, ३०  बैशाख । हाँस्य टेलिसिरियल मेरीबास्सैमा बिगत तिन बर्षदेखी अभिनय गर्दै आएका कलाकार लेखान्त भुसाल (घिरौले)ले आफ्नो २६ औं जन्मदिन मनाएका छन् । उनले जन्मदिन मनाउँदै गर्दा अर्को चर्चित हाँस्य टेलिसिरियल भद्रगोलका मुख्य कलाकार कुमार कट्टेल (जिग्री)ले घिरौंला उपहार दिएका छन् । पुरानोबानेश्वर स्थित एक रेस्टुरेण्डमा आयोजीत जन्मदिन सेलिब्रेशन कार्यक्रम केहि हाँस्यकलाकारहरु बिच मनाइएको थियो ।

मेरीबास्सैमा घिरौले नामबाट चिनिएका लेखान्तले हाँस्य टेलिसिरियल भद्रगोलबाट आफ्नो अभिनय यात्रा शुरु गरेका हुन् । भद्रगोल हुँदै मेरीबास्सैमा अभिनय गरिरहेका उनी अहिले धुर्मुस सुन्तली फाउण्डेशनमा पनि आवद्ध छन् ।

उनको जन्मदिन बिशेष कार्यक्रममा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस), कुमार कट्टेल (जिग्री), हरिश निरौला (कक्रोज), दिपक आचार्य (बांगे बा), पल्पसा डंगोल (चम्सुरी), बेगम नेपाल (भट्भटे माइला), बिष्णु बुढाथोकी, सुभोद गौतम, मधु आचार्य लगायत उपस्थित थिए । जन्मदिन सेलिब्रेशनको अन्तिममा पुगेका कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्)ले लेखान्तलाई जन्मदिनको शुभकामना दिँदै मेरीबास्सैका एक जेहेनदार र इमानदार प्रतिभाशाली कलाकार भएको बताए । साथै उनले मेरीबास्सैमा यस्तै नयाँ प्रतिभालाई सधैका लागी ढोका खुल्ला रहेको भन्दै नयाँ प्रतिभाहरुलाई अवसर पनि दिने जानकारी गराए ।

त्यस्तै मेरीबास्सैका स्क्रिप्ट राईटल दिपक आचार्यले पनि लेखान्तलाई जन्मदिनको शुभकामना दिँदै मेरीबास्सैका राम्रो कलाकार र अग्रहबाट सिकाएको कुरालाई सधैं फ्लो गर्ने राम्रो बानी भएको भन्दै सोहि कुरालाई आगामि दिनहरुमा लागु गर्न सल्लाह पनि दिएका थिए । साथै उनले पछिल्लो समय धुर्मुस सुन्तली फाउण्डेशनमा जोडिएर समाजसेवाको काममा ठुलो सहयोग पुर्याएको भन्दै धन्यवाद पनि दिए । साथै भद्रगोलका दुई कलाकार कुमार कट्टेल (जिग्री) र हरि निरौला (कक्रोज)ले पनि भद्रगोलबाटै आफ्नो अभिनय यात्रा शुरु गरेर आज यहाँसम्म आउन सफल भएको भन्दै जन्मदिनको शुभकामना दिएका थिए । साथै कुमारले मेरीबास्सैमा घिरौले नामबाट चिनिएकोले पनि घिरौला उपहार दिएको बताए । साथै उनले पछिल्लो समय युवाहरु धेरै बैदेशीक रोजगारीका लागी बाहिर जानेगरेको र तरकारी खेती गरेर नेपालमै पनि केहि गर्नसकिन्छ भन्ने सन्देश दिनखोजेको बताए ।

जन्मदिन मनाएका लेखान्तले आफ्नो अभिनय यात्रा आजको दिनसम्म पुग्नुमा अग्रह कलाकार धुर्मुस सुन्तलीको हात रहेको बताए । ’मलाई शुरु देखी नै गाली गर्दै, माया गर्दै यहाँ सम्म पुर्याउनु हुने धुर्मुस दाई र सुन्तली भाउजुलाई धेरै धेरै धन्यवाद दिनचाहान्छु । म त अझै यो क्षेत्रमा धेरै भन्दा धेरै गर्नै बाँकी छ आगामी दिनहरुमा दाईभाउजुकै साथबाट अगाडि बढ्नेछु’, लेखान्तले भने । कार्यक्रममा उपस्थित सबैकलाकारहरुले लेखान्तलाई जन्मदिनको शुभकामना दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्