Logo

प्रधानमन्त्रीद्वारा चितवनमा पहिलो मतदान



बैशाख ३१, भरतपुर चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

आज विहान ७ बजे प्रधानमन्त्रीले उक्त मतदान केन्द्रवाट पहिलो मत खसाल्दै मतदानको शुभारम्भ गर्नुभएको हो । मतदान गरे लगत्तै प्रधानमन्त्रीले संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो “यस ऐतिहासिक निर्वाचनमा व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै मैले अपिल गरेको छु । आज उत्साहपूर्णढंगले जुन सहभागिता देखापरेको छ, यसले सबैतिर अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।”

प्रधानमन्त्रीले नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन आज सम्पन्न हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको बताउँदै मतदान प्रक्रियामा सहभागी सबैमा बधाई तथा सफलताको कामना गर्नु भयो ।



प्रतिक्रिया दिनुहोस्