Logo

स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमाले विजयी



स्याङजा, १ जेठ । स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेका उम्मेदवार घनश्याम सुवेदी अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकी देवी थापा विजयी भएकी छन् । त्यहाँ अधिकांश पदमा एमालेका उम्मेदवारले जित निकालेका छन् ।

अध्यक्षमा विजयी सुवेदी अनेरास्ववियुका पुर्व केन्द्रीय सदस्य पनि हुन् । यद्यपि त्यहाँ निर्वाचन अधिकृतको कार्यालयले मतपरिणामको अन्तिम नतिजा घोषणा गर्न बाँकी रहेको छ ।

त्यसैगरी स्याङ्जाको फेदीखोला गाउँपालिका वडा– ५ मा एमालेकी चिजा गुरुङ विजयी भएकी छन् । उनी पृथ्वीनारायण क्याम्पस पोखराकी पुर्व विद्यार्थी नेत्री पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot