काठमाडौं, १ जेठ । मतगणना सुरु भएका धेरैजसतो नगरपालिकाहरुमा अहिलेसम्मको गणनाअनुसार सत्तारुढ दल नेकपा एमालेले अग्रता लिएको छ। एमालेलाई काँग्रेसले पछ्याईरहेको छ भने नेकपा माओवादी केन्द्र निकै पछि परेको छ ।
पहिलो चरणको निर्वाचनमा परेका नगरपालिकाहरुमध्ये एमालेले ६७ स्थानमा अग्रता लिएको छ । त्यस्तै काँग्रेसको ६२ स्थानमा अग्रता लिएको छ। माओवादी केन्द्रले जम्मा ३० नगरपालिकाहरुमा अग्रता लिएको छ ।
स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले हालसम्म ३० नगरपालिकामा अग्रता लिएको छ।
१. चौरजहारी नगरपालिका (रुकुम)
२. गोलनचौर गाउँपालिका (सिन्धुली)
३. थाक्रे गाउँपालिका (धादिङ)
४. नेत्रावती गाउँपालिका (धादिङ)
५. रोशी गाउँपालिका (काभ्रे)
६. वागमती गाउँपालिका (मकवानपुर)
७. भेरीगंगा नगरपालिका (सुर्खेत)
८. शिवालय गाउँपालिका (जाजरकोट)
९. बारेकोट गाउँपालिका (जाजरकोट)
१०. बाफीकोट गाउँपालिका (रुकुम)
११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)
१२. दार्मा गाउँपालिका (सल्यान)
१३. कपुरकोट गाउँपालिका (सल्यान)
१४. ढोरचौर गाउँपालिका (सल्यान)
१५. रास्कोट नगरपालिका (कालिकोट)
१६. कालिका गाउँपालिका (रसुवा)
१७. ताराखोला गाउँपालिका (बाग्लुङ)
१८. आँबु खैरहनी गाउँपालिका ( गोरखा)
१९. गण्डकी गाउँपालिका (गोरखा)
२०. जिरी नगरपालिका (दोलखा)
२१. भिमफेदी नगरपालिका (मकवानपुर)
२२. खैरहनी नगरपालिका (चितवन)
२३. चौतारा साँगाचोकगढी नगरपालिका (सिन्धुपाल्चोक)
२४. बागचौर नगरपालिका (सल्यान)
२५. बेनिघाट रोराङ गाउँपालिका (धादिंग)
२६. पञ्चकन्या गाउँपालिका नुवाकोट
२७. नलगाड नपा जाजरकोट
२८.सानो भेरी गाउँपालिका जाजरकोट