Logo

राजपा नेपालको जिल्ला समिति गठन



गाईघाट (उदयपुर), २ जेठ । उदयपुर जिल्लामा सोमबार भर्खरै मधेसवादी दलहरु मिलेर गठन भएको नयाँ पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको उदयपुर जिल्ला तदर्थ समिति गठन भएको छ ।

उदयपुर जिल्लामा सद्भावना पार्टी, तमलोपा पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकसहित तीन पार्टी मिलेर खुशीलाल ठाकुरको संयोजकत्वमा चार सदस्यीय राजपा नेपाल समिति गठन भएको राजपा नेपाल उदयपुरको नयाँ तदर्थ समितिका संयोजक खुशीलाल ठाकुरले बताउनुभयो ।

राजपा नेपालका केन्द्रीय सचिव राहुल यादवको प्रमुख आतिथ्यमा राजपा नेपाल उदयपुर गठन गरिएको केन्द्रीय सचिव यादवले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot