काठमाडौं, २ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको तिन दिन वितिसक्दा पनि सबै स्थानको परिणाम आउन सकेको छैन् । २८३ स्थानिय तह वा तिन प्रदेशमा भएको निर्वाचनमा २३ स्थानको मतपरिणाम सार्वजनीक भएको छ ।
जसमा एमालेले ११ पालिकामा विजयी हासिल गरेको छ। काँग्रेसले ९ र माओवादी केन्द्रले ८ स्थानमा विजयी प्राप्त गरेको छ ।
राजधानी उपत्यकाभित्र स्थानीय तह निर्वाचनको पहिलो नजिता एमालेले हातपारेको छ । ललितपुरको महांकाल गाउँपालिकामा जित हात पार्दै एमालेले उपत्यकामा पहिलो खाता खोलेको हो ।