काठमाडौं, ३ जेठ । नेकपा मालेका महासचिव सिपी मैनालीले मदन भण्डारी हत्याबारे नेकपा एमाले मौन बस्नु रहस्यमय भएको आरोप लगाएका छन् ।
उनले पछिल्लो समय एमाले सरकारमा भएको बेला चाहेको भए ‘म त हत्या नै भन्छु’ त्यसको नालिबेली बाहिर आउनेथियो भन्दै भण्डारीको षड्यन्त्रपूर्वक रुपमा हत्या भएको दाबी गरेका छन् ।
मैनालीले भनेका छन्,‘‘उहाँको जीवनमाथि गरिएको षड्यन्त्रले क्यानाभाष पाएन, चाहेको खण्डमा पत्ता लाग्छ होला ।’’ नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले महासचिव मैनालीसँग गरेको कुराकानीको सम्पादित अंश :
आजको दिन मदन भण्डारी र जीवराज आश्रीतलाई कसरी सम्झिनहुन्छ ?
जननेता मदनभण्डारीको जिप दुर्घना पनि निधन भएको ठिक २४ बर्ष भयो । उहाँलाई वामपन्थि नेताको रुपमा सम्झिनु पर्छ । उहाँसँगै देहावसान हुनुभएका जिवराज आश्रितलाई पनि भुलेको छैन्।
तपाई र स्वर्गीय नेता भण्डारीबीच बिचारको लडाई थियो अरे नि ?
पक्कै पनि । अझैपनि छ । उहाँले जीवनको आखिरबेलामा राष्ट्रियताको लागि जुन अडान लिनुभयो त्यो सराहनीय हो । अहिले पनि स्मरण गरिन्छ । उहाँले जनतामा जुन छाप छोडेर जानुभयो त्यो मुल्याङ्कनयोग्य छ । पुष्पलाललृ २००६ सालदेखि संगठीत रुपमा चलेको आन्दोलन चलाउनुभएको थियो । जुन श्रमजिवि र्वगको जीवनमा आधारित थियो । त्यो आन्दोलनलाई भण्डारीले डाईर्भसन गर्नुभयो । पुँजीवादतिर लिनुभयो ।
संसदीय व्यवस्था त उहाँको योगदानले आएको सत्य हो नि ?
स्वभाविक छ । धेरै राजीनितक परिवर्तन पछिको कुरालाई सम्झिने हो भने नीति बनाएर काम गर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको पनि सत्य हो ।
वैचारिक बहसमा उहाँको योगदान उच्च छ र नेपालका कम्यूनिष्टलाई सुधार्नु भएको तपाई स्विकार गर्नुहुन्छ ?
यो वाईयात हो । माक्र्सवादी चिन्तनमा वहुदलीय व्यबस्था पुँजीवादीको एउटा रुप हो । बहुदलीय जनवादलाई काँग्रेसले पनि आफ्नो बिचार बनाएको छ ।
बहुदलीय जनवादकै नाराले नेकपा एमाले आज जनताको बीचमा छ नि ?
काँग्रेस पनि त जनताको बीचमा छ नि । जनवादी व्यवस्थामा पनि त भिन्नता छ नि । उहाँले जनवादलाई अँगाल्नुभयो। मैलै नौलो जनवाद भने। आज पनि उहाँले देखाएको बाटोमा हिंडिरहेको नेपाली कम्यूनिष्टले बाहृय हस्तक्षेप खेपिरहेकै छ। हो, हाम्रोबीचमा भएको अन्तरद्धन्द्ध भनेकै यही थियो । हामी यो कसैको थिचोमिचो रहित नौलो जनवाद खोजेका हौँ। अग्रगामी परिवर्तन आएको छ । तर यसले पुँजीवादी समावादी लक्ष्यमा समाजलाई धकेल्छ । यो विचलन हो । आज हामीले देख्न सक्छौँ नेपालमा मैले भनेको जस्तै अभ्यास भैरहेको छ । यसैलाई नै रणनिति बनाउनु गल्ती हो ।
उसो भए एमालेको रणनिति विचलन हो त ?
कार्यनीतितर्फ गएर हर्ने हो भने ठिक हेला तर यस सिद्धान्तलाई माक्र्सवादी सिद्धान्तले त एमालेले भनेजस्तै त भन्दैन । माक्र्सवादीले श्रमजिवी जनता र उत्पीडित जनताको पक्षको वकालत गर्छ। हाम्रो नेपालमा धेरै अभ्यास हुन बाँकी छ ।
आज भण्डारीको निधन भएको २४ वर्ष भयो, उहाँकी धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुन्छ तर अहिलेसम्म उहाँको हत्याको रहस्य पत्ता लागेन नि ?
भएन र प्रयत्न पनि भएन । पछिल्लो समयमा एमाले सरकारमा भएको बेला चाहेको भए म त हत्या नै भन्छु त्यसको नालिबेली बाहिर आएको हुनेथियो । षड्यन्त्रपूर्वक रुपमा हत्या भएको थियो । उहाँको जीवनमाथि गरिएको षड्यन्त्रले क्यानाभाष पाएन । चाहेको खण्डमा पत्ता लाग्छ होला ।