Logo

ट्र्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु



लहान, ३ जेठ । सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

सदरमुकाम सिरहातर्फ आउँदै गरेको स १ त २११५ नम्बरको ट्र्याक्टरको ठक्करबाट पैदलयात्री स्थानीय ७० वर्षीया सोनावती यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते सोनावतीलाई उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्