Logo

बीबीसी नेपाली सेवाको प्रमुखमा राउत नियुक्त



काठमाडौं, ४ जेठ । बीबीसी नेपाली सेवामा नयाँ प्रमुख छानिएका छन्। बीबीसीको लन्डनस्थित हेडक्वार्टरले नयाँ प्रमुखका लागि आह्वान गरेको आवेदन मध्येबाट जितेन्द्र राउतलाई छनौट गरेको हो।

राउत यसअघि बीबीसीमा वरिष्ठ कार्यक्रम उत्पादक थिए। मिश्रले राजीनामा दिएपछि कार्यवाहकका रुपमा राउतलाई नै जिम्मेवारी दिइएको थियो।

सन् २००६ देखि बीबीसी नेपालीको प्रमुख नियुक्त भएका मिश्रले राजनीतिमा लाग्न तीन महिनाअघि राजीनामा दिएका थिए। त्यसअघि खगेन्द्र नेपाली बीबीसी नेपालीका प्रमुख थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot