Logo

काठमाडौं महानगरपालिकाको वडा नम्बर २ मा एमालेको प्यानल नै विजयी



काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको वडा नं. २ को मतपरिणाम घोषणा भएको छ । २ नम्बर वडामा एमालेको प्यानल नै विजयी भएको छ ।

२ नम्बरको परिणाम सार्वजनिक हुँदा एमाले बलियो स्थितिमा देखिएको छ।काठमाडौँ महानगरपालिकाको वडा नं २ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल नै विजयी भएको छ ।

केही बेरअगाडि सम्पन्न मतपरिणाममा श्रेष्ठले एक हजार ८४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रमोदराज शर्माले ६८४ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, महिला सदस्यमा पूर्णलक्ष्मी रजक, महिला दलित सदस्यमा ईश्वरी परियार, खुला सदस्यमा पदमकाजी महर्जन र विमल गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाको वडा नं २ मा तीन हजार ४५१ मत खसेको थियो ।

एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्यले मतअन्तर बढाएर ३६९० र्पुयाएका छन्।१० हजार ५१९ मतका साथ उनले अग्रता लिइरहेका छन्। काँग्रेसका राजुराज जोशी ६ हजार ८२९ मत पाएर एमालेका शाक्यलाई पछ्याइरहेका छन्।

तेस्रो स्थानमा ४ हजार १२४ मतसहित विवेकशी नेपाली दलकी रञ्जु न्यौपाने रहेकी छिन भने चौथो स्थानमा ३ हजार १९३ मतसहित साझा पार्टीका किशोर थापा छन्।

काठमाडौं महानगरपालिकाको एक नम्बर वडामा पनि एमाले उम्मेदवार नै विजयी भएका थिए।
तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्