Logo

आइपीएल क्रिकेटको फाईनलमा आज मुम्बई र पुने भिड्ने



काठमाडौं, जेठ ७ । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को उपाधिका लागि आज मुम्बई इण्डियन्स र राईजिङ पुने सुपरजाईन्ट्स भिड्ने छन् ।

प्ले अफ् अन्तर्गतको पहिलो क्वालीफायरमा मुम्बईलाई हराँउदै पुने फाईनलमा पुगेको थियो । मुम्बईले भने दोस्रो क्वालीफायरमा कोलकाता नाईट राइडर्सलाई हराँउदै फाईनलमा स्थान पक्का गरेको हो ।

जारी सिजनको आईपिएल क्रिकेटमा मुम्बई र पुने भिड्न लागेको यो चौथो पटक हो । यसअघिका तीनवटै भिडन्तमा पुने विजयी भएको थियो ।

यसपटक मुम्बई इण्डीयन्स पुने विरुद्धको पराजयको श्रृंखला तोड्ने अभियानमा छ । उता पुने भने मुम्बई विरुद्धको जित श्रृंखलालाई उपाधिका साथ टुंग्याउन चाहन्छ ।

आईपिएल क्रिकेटको दशौं संस्करणको फाईनलमा पुगेको पुनेले अहिलेसम्म उपाधि जित्न सकेको छैन । मुम्बई ईण्डीयन्सले भने सन् २०१३ र २०१५ मा गरी दुई पटक आईपिएलको उपाधि जितिसकेको छ । एजेन्सीको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्

Screenshot