Logo

नेताको इसारामा असई सिंह र साहले दिए तस्करलाइ लाइन



अभिमनु कुमार पटेल : रौतहट ८ जेष्ठ । रौतहटको सिमा क्षेत्रमा फेरी तस्करहरुको रजाइ चल्न थालेको छ । बिभिन्न संचार माध्यमले तस्करीको समाचार प्रकाशन गरेपछि रोकिएको तस्करी लाइन फेरी राता रात सुचारु भएको छ ।

हिजो आज सिमा क्षेत्रको नरकटिया नाकाबाट राती ब्यापक रुपमा बिभिन्न किसिमका समानहरु तस्करी हुने गरेको स्थानियबासीले बताएका छन । नरकटिया मोतिपुर चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक संजय सिह र त्यही छेउमा रहेको रामपुरखाप चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक राजनारायण साहले त्यहाँका लोकल नेता देखि राष्ट्रिय स्तरका नेताहरुका दबावमा आएर सो नाकाबाट दिनहु लाखो लाख मुल्य बराबरका नेपालमा प्रतिबन्द सााग्रीहरु खुल्याम आफनै बल प्रयोग गरी तस्करीको लाइन दिएको पाइएको हो ।

असई सिंह र साहले कोपुवा पिपरिया बस्ने नामुद तस्कर मोतिम मियालाई राजपुर फर।हादवाका रामप्रवेश साह, बारा जिला कचोर्वाका रामबाबु यादवलाईकुखुरा र कुखुराको चल्ला लगायत बिभिन्न समानहरु तस्करी गर्न लाइन दिएका हुन ।

मोतिमले भारतको चैनपुर, घोडासहनबाट कुखुराको चल्लाहरु खरिद ३० रुपैय भारु पिस ल्याई नेपालमा भित्तयाएर ९० देखि ११० सम्ममा खरिद बिक्री गर्दै सो क्षेत्रको रामपुर खाप र नरकटिया मोतिपुर नाकाबाट कुखुराको चल्ला,कुखुरा लगायत बिभिन्न समानहरु भारतिय भ्यानमा ल्याउने र नेपाल आएपछि नेपाली गाडीमा राखेर जिल्लाको बिभिन्न बजारहरुमा बितरण गर्ने गरेको पाइएको छ ।

असइ सिंह र साहलाइ गतिलो नजरआना बुझाएर मोतिमले राती ११ बजे देखि ३ बजे सम्म भारतीय साईकल तस्करहरुलाई कुखुराको काटुन प्रति एक पटकको २ सय नेपाली दिई मोतिपुर र रामपुर गाउँको बिच बाटो हुदै तस्करी गर्ने गरेका छन । असइ सिहले तस्करद्धारा आयात गरेको समान बापतको पैसा पाए बैध र पैसा नपाए अबैध भन्दै समाउने गरेको प्रत्यक्षदर्शीले बताए ।

रामप्रवेश साहले आफनो कुखुरा तस्करीमा भारतको कोरैया गाउँका जिनीश यादवलाई पाटर्न बनाई ४ देखि २ किलो सम्मका कुखुराहरु बिहानै ५ देखि ९ बजे सम्म १० भन्दा बढी साईकलमा लोड गराएर एक साईकल तस्करले लम्सम ३० किलो जति कुखुरा सधै भारतको सिमाना पारी खरसलवा, कोरैया, जमुनिया, कवैयाका फार्मबाट रामुरखाप चौकी र मोतिपुर नरकटिया चौकीकै आँखा अगाडीबाट दिनहु तस्करी हुदाँ पनि जिल्ला प्रहरी कार्यालय गौर लगायत सम्बन्धीत जिलला प्रशासन मौन बसेको त्यहाका स्थानीयहरुका

पक्राउ गरेको समानमा दलाली गर्ने र हिसाब मिले पठाउने गरेको र हिसाब नमिले पक्राउ गरेर राख्ने गरेको उनीहरुको भनाइ छ । तस्कर मोतिमले सो नाका हुदै तयारी कुखुरा,कपडा,हार्डबयरको समानहरु अबैध रुपमा नेपाल भित्राउदै आएका छन ।

बिगतकादिनहरुमा पनि उनीको घरमा प्रहरीले छापा मार्दा बिभिन्न अबैध समानबरामद गरेपछि उनीले तस्करी समान आफनो घरमा नराख्ने र आफनो नाममा बिभिन्न नामको र्फम दर्ता गरी तस्करी समान सो फर्मबाट बिक्रि बितरण गदैआएका छन । सो क्षेत्रको समान तस्करीको अबस्था हेर्ने हो भने सिमा क्षेत्रमा बसेका सुरक्षा निकायको कुनै काम नभएको संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य गुलाम सरोबरले बताए ।
तस्करी रोक्न बसेको प्रहरी नै तस्करको साक्षी बस्ने भएपछि प्रहरीको औचित्य नभएको स्थानिय सत्येन्द्र यादवले बताए । सिमा क्षेत्रको रक्षा र अबैध आयात रोक्नको लागी नेपाल प्रहरीका बिभिन्न चौकी र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट रहेका छन । ति सुरक्षा निकायको कुनै औचित्य नरहेको स्थानियको अरोप छ । रामपुर खाप मै शसस्त्र प्रहरी निरिक्षकको कमाण्डा आउट बोर्डर पोष्ट छ ।

सिमा क्षेत्रमा बस्ने सुरक्षा निकायले तस्कर संग कुरा नमिले अबैध भन्दै सानो तिनो समान पक्राउ गर्ने र पैसा पाएपछि बैध भन्दै पठाउने गरेका छन । भारतीय अबैध कुखुरा तथा चल्लाहरु नेपालको तुलनामा धेरै सस्तो पर्न जान्छ । तर ति तस्करी गरी ल्याइएको कुखुरा तथा चल्लाहरु नेपालमा पाइने मुल्य सरह नै तस्करहरुले बिक्रि बितरण गर्ने गरेका छन ।

अबैध तस्करी नियन्त्रण तथा सिमा सुरक्षाको लागी बंकुल,रामपुरखाप,औरैया,गौर र लक्ष्मीपुर बेलबिछुअवामा शसस्त्र प्रहरी निरिक्षकको कमाण्डमा सिमा क्षेत्रमा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राखिएको छ । ति पोष्टबाट कुनै पनि किसिमको तस्करी नियन्त्रण हुन सकेको
छैन उल्टै ति सुरक्षा निकायको सर्मथनमा ति नाकाहरुबाट तस्करहरुले ब्यापक रुपमा समान तस्करी गर्ने गरेका छन ।



प्रतिक्रिया दिनुहोस्